बिहिबार, चैत्र १५, २०८०

३८ औँ बीपी स्मृति दिवस ७७ वटै जिल्लामा मनाउने

काठमाडौ असार २६ , बीपी विचार राष्ट्रिय समाजले ३८ औँ बीपी स्मृति दिवस ७७ वटै जिल्लामा मनाउने भएको छ ।

समाजको विहिवार सम्पन्न कार्यसम्पादन समितिको बैठकले काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आगामी साउन ६ गते देशभर विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर ३८औँ बीपी स्मृति दिवस सामान्य तरिकाले मनाउने निर्णय भएको समाजले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।