शुक्रबार, चैत्र १६, २०८०

३३ केजीे सुन काण्डका फरार अभियुक्त खड्का प्रहरी नियन्त्रणमा

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीद्दय सुनिता चित्रकार र मनोजलाल सिंह सुवाल पक्राउ

काठमाडौ असार २७, बहुचर्चित  ३३ केजी सुनकाण्डका फरार अभियुक्त हरिशरण खड्कालाइ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ परेका अभियुक्त खड्का विरुद्ध इन्टरपोलमा ‘रेडकर्नर नोटिस समेत जारी भएको जनाउदै युएई बस्दै आएका उनि लामो समय यता देखि फरार रहदै आएको बताईएको छ ।

त्यस्तै अध्यागमनका कर्मचारीले उनको खड्काको पहिचान गरेसंगै निजलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यसअघि सुनकाण्ड प्रकरणमा मा ७७ जनाविरुद्ध मुद्दा चलाइएको थियो ।

यसैवीच प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले  बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीद्दय काठमाडौं महानगरपालिका १८ताम्सिपाखा बस्ने ४८ वर्षीय सुनिता चित्रकार र काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने ४९ वर्षीय मनोजलाल सिंह सुवाललाइ पक्राउ गरेको छ ।

प्रतिवादीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी- जानी झुक्यानमा पारी विभिन्न मितिमा बिभिन्न बैंकहरुको चेक काटी आर्थिक  अपराध गर्दै बैंकिङ कसुर मुद्दामा फरार रहेको प्रहरीले जनाएको  छ । यसअघि बैंकिङ कसुर मुद्दामा मिति २०७६ फागुन २६ गते उच्च अदालत पाटनबाट सुनितालाई ३ दिनकैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना तथा मनोजलाललाई ७ दिन कैद र १० लाख रुपैयाँ जरिवाना सजाय हुने फैसला भएको थियो ।

फरार रहेका प्रतिवादीहरुमध्ये सुनितालाई बिहीबार लुकिछिपि बसिरहेको अवस्थामा स्वयम्भूबाट र मनोजलाललाई शुक्रवार रविभवन काठमाडौंमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।