बिहिबार, बैशाख १३, २०८१

सत्तासिन नेकपाको नेताहरु आ-आफ्नै अडानमा, स्थायी समितिको बैठक बुधवारसम्मका लागि स्थगित

काठमाडौं असार २२, पटक पटक स्थगित हुँदै आएको सत्तासिन नेकपाको स्थायी समितिको बैठक आज बस्ने भनिएपनि अन्तत बैठक बुधवारसम्मका लागि स्थगित गरिएको छ । यसअघि वैठक अघि अध्यक्षद्धय केपी ओली र प्रचण्डवीच बालुवाटारमा छलफल भएपनि छलफल सकारात्मक बन्न नसकेपछि बैठक बुधवारसम्मका लागि स्थगित गरिएको हो ।

पटकपटक को सहमतिको प्रयापछि पनि अध्यक्षद्दयवीच सहमति नबन्नु र बैठक पनि स्थगित हुदै जानुले सत्तारुढ दल भित्रको विवाद एकातर्फ छताछुल्ल भएको छ भने अर्को तर्फ पार्टी समत भित्र भित्रै विभाजनको संघारमा पुगेको अड्कल गरिएको छ ।

यद्यपी सहमतिको वातावरण बनाउन गठित कार्यदलले भने आफ्नो सहमतिको प्रयासलाइ भने जारी राखेको छ । कार्यदलमा ओली पक्षबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रहेका छन् । पछिल्लो समय नेकपा स्थायी कमिटी प्रम ओलीको राजीनामाको विकल्प नभएको भन्दै आफ्नै अडानमा रहेका छन भने प्रम ओली प्रधानमन्त्रीवाट राजीनामा नदिने अडानबाट तसमस भएका छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।