शुक्रबार, चैत्र १६, २०८०

सत्तारुढदल नेकपाको स्थायी कमिटीको बैठक थप ७ दिनसम्मका लागि स्थगित

काठमाडौ असार २६,   सत्तारुढदल नेपाल कम्प्युनिष्ट पार्टीको पटकपटक स्थगन हुँदै आएको स्थायी कमिटीको बैठक पछिल्लो समय आजको लागि तय गरिएको   बैठक थप ७ दिनसम्मका लागि स्थगित भएको छ ।

आजको बैठक सत्तारुदल भित्र   अध्यक्ष पुष्पकमल दाहाल –नेपाल पक्षले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि विवाद  चुलिएको विवादको प्रसंगमा कुनै सहमति हुन नसकेको अवस्थाकावीच देशभर बाढी पहिराको प्रकोपले ठूलो जनधनको क्षति पुर्‍याएको परिस्थितिलाई मध्यनजर गर्दै बैठक आगामी शुक्रबारसम्म स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् जानकारीदिनुभएको छ ।

प्रवक्ता   श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिदै ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।