शनिबार, बैशाख ८, २०८१

सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य

फाइल फोटो

काठमाडौ असार १८, राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्नुभएको छ । सत्तारुढ दल नेकपामा चुलिएको विवादसंगै आज बसेको बालुवाटारमा बोलाइएको आकस्मिक मन्त्रिपरिषद बैठकले बजेट अधिवेश स्थगित गर्ने निर्णय गर्दै चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयद्दारा जारी सूचनामा अधिवेशन अन्त्य भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।