बुधबार, बैशाख १२, २०८१

विराटनगर महानगरमा आज मध्यरात्रीबाट बन्दाबन्दी लागू

काठमाडौं साउन १६,

विराटनगर महानगरपालिकाले कोभिड–१९ सङ्क्रमण समुदायमा फैलिन नदिन आजराति १२ बजेदेखि नगरक्षेत्रमा बन्दाबन्दीको घोषणा गरेको छ ।
महानगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले नगर क्षेत्रमा समुदायस्तरमा सङ्क्रमित दर बढ्दो पाईएसंगै  त्यसको नियन्त्रण एवं रोकथाम लागि यही साउन ३० गते राति १२ बजेसम्मका लागि महानगर क्षेत्रभित्र लागू हुनेगरी उक्त निर्णय गरेको महानगरपालिका द्दारा जारी सूचनामा उल्लेख गरिएको छ ।


त्यस्तै जारी सूचनामा विराटनगर क्षेत्रमा सम्भावितसंक्रमणको उच्च जोखिम नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने स्थिति सिर्जना भइसकेकाले बन्दाबन्दीको निर्णय गरिएको उल्लेख गर्दै जारी बन्दाबन्दीमा बजार र सर्वसाधारणको आवागमन पूर्णरुपमा रोक लगाइएको छ । साथै खाद्यान्न, तरकारी तथा फलफूल पसल औषधि पसल, दूध, पानी, ग्यास/इन्धन, अक्सिजन, बारुणयन्त्र सेवा, एम्बुलेन्स, अस्पताल तथा नर्सिङ होम [बहिरङ सेवाबाहेक], आइसिपीबाट आउनेजाने मालवाहक सवारीसाधन, सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सञ्चारलगायत अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा महानगर क्षेत्रभित्र बन्द गरिएको उल्लेख गरिएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।