बिहिबार, बैशाख १३, २०८१

राप्रपाका पूर्व महामन्त्री थापासहित ३१ जनाले दिए संयुक्त राजीनामा

काठमाडौ साउन १०,

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री सुनिलबहादुर थापा सहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिने एक दर्जन केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ  चतुरमान विश्वकर्मा विश्वकर्मा, राम पदारथ शाह, वीरेन्द्रलाल कर्ण, नारायण राउत, इन्द्रबहादुर तामाङ, राजकुमार भट्टराई, डम्बरबहादुर राई लगायतका रहेका  छन ।

यस्तो छ संयुक्त राजीनामा पत्र 

आजकै मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा सहित उनिहरुले संयुक्त राजीनामापत्रमा पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनुपरेको उल्लेख गरिएको छ ।

त्यस्तै सयुक्त राजीनामा पत्रमा भनिएको छ, नेतृत्वको ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको, स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँुदा राप्रपाप्रतिको आमरूपमा विश्वास समाप्त भएको र पार्टी दिशाहीन बनेको समेत जिकिर गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।