बिहिबार, चैत्र १५, २०८०

रक्तभावको समयमा ज्ञानमार्फत ७२ पिण्ट रक्त संकलन

काठमाडौं असार २०,  ज्ञानोदय पूर्व बिधार्थी समाज [ज्ञान] को आयोजनामा राजधानीको कलंकीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । गुरु पूर्णिमाको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा उच्च रक्तचाप र मधुमेहको समेत निशुल्क परिक्षण गरिएको आयोजक संस्थाले जनाएको छ ।

कोभिड १९ का जोखिमका वीच पनि सामाजिक दुरी कायम गर्दै, सुरक्षाका विधिहरु अपनाई रक्तभावको समयमा प्रस्तुत कार्यक्रम मार्फत ७२ पिण्ट रक्त गरिएको थियो भने ४० जना उच्च रक्तचाप र मधुमेहका विरामीको स्वास्थ्य परिक्षण गरिएको थियो ।कार्यक्रममा  ज्ञानोदय पूर्व बिद्यार्थी समाजका अध्यक्ष रुपचन्द्र पन्त समाजसेवी साधुराम गौतम, ज्ञानका उपाध्यक्ष निरु महर्जन, सचिव राम महर्जन लगायतले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

महानगरपालिका वडा नं. १३ स्थित नमुना सामुदायिकविद्यालय ज्ञानोदय माविका पूर्व विद्यार्थीहरुको संगठन ज्ञानले यसअघि पनि विभिन्न सामाजीक  क्रियाकलाप संगै विभिन्न् कार्यक्रमको आयोजना गर्दै आइरहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।