शुक्रबार, बैशाख १४, २०८१

म.प बैठक : अन्तरजिल्ला वाहेक उपत्यका र सम्बन्धीत जिल्लाभित्र सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय

काठमाडौं असार २५ , असार २३ गते बसेको मन्त्रीपरिषद्‌ ब्बैठकको निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले अन्तर जिल्ला वाहेक काठमाडौं उपत्यकाभित्रका ३ जिल्ला र अन्य जिल्लाको हकमा पनि सम्बन्धीत जिल्लाभित्र मात्र सार्वजनिक सवारी चलाउन दिने निर्णय भएको जानकारी दिनुभएको छ ।

लामो दूरीमा चल्ने र अन्तरजिल्ला चल्ने सार्वजनिक सवारीमा भने लगाइएको रोक यथावत राखिएको । त्यस्तै यात्रुबाहक सार्वजनिक यातायातमा सिट क्षमताको बढीमा पचास प्रतिशतसम्म हुने गरी मात्रै यात्रु चढाउन पाउने ब्यवस्था गरिएको छ । क्षमता भन्दा कम यात्रु बोक्नुपर्ने भएकाले ट्याक्सी बाहेक अन्य सवारी साधनले प्रचलित भाडादरमा ५० प्रतिशत भाडा थप गरेर लिन पाउने व्यवस्था समेत मन्त्रीपरिषदले गरेको उहाँले जानकारी दिनुभएको छ ।

त्यस्तै भाडाका सवारी साधनमा सामाजिक दूरी कायम हुने गरी यात्रु राख्ने र सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने नियमलाय अनिवार्य गर्नुको अलावा चालक तथा सहचालकले अनिवार्यरुपमा मास्क, पञ्जा लगाउने र दैनिकरुपमा सवारी साधन निसंक्रमित गर्ने गरी सवारी साधन सञ्चालन गर्नुपर्ने प्रावधान कायम गरिएको छ ।
त्यस्तै बैठकले अर्थमन्त्रालय, उर्जा जलस्रोत तथा सिचाइ, कृषि तथा पशुपन्छी, गृह, भूमि तथा सहकारी, महिला तथा वालवालिका, वन तथा वातावरण, रक्षा , युवा तथा खेलकुद , स्वास्थ्य तथा जनसख्या मन्त्रालयसंग सम्बनभी विभिन्न प्रस्ताव उपर समेत नितिगत निर्णय गरेको जानकारी दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।