बिहिबार, बैशाख १३, २०८१

म्याग्दीको पहिरो पर जिवन गुमाउनेको सङ्ख्या २७ पुग्यो

काठमाडौं असार २७ , अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण पहिरोले पुरिएर बेपत्ता भएका मध्ये २० जनाको शव भेटिएको छ भने बेपत्ता भएका अन्य १३ जनाको खोजी जारी रहेको म्याग्दी जिप्रकालाइ उदृत गर्दै पप्त समाचारमा उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको छ । बेपत्ता भएका तीनजना जीवितै उद्धार गरिएको जनाएको छ ।

त्यस्तै मालिका गाउपालिका–५ देवीस्थान र धवलागिरी गाउँपालिका–७ काफलडाँडामा पहिरोका कारण ९३ घरपरिवार विस्थापित भएका छन् भने पहिरोका जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । त्यस्तै पहिरो परि घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गर्दै सात जनाको बेनी अस्पताल, एक जनाको काठमाडाँै र चार जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।