बिहिबार, बैशाख १३, २०८१

महासंघ र सम्पादकहरुवीच परामर्श बैठक, नागरिक दैनिक र एपीवान टेलिभिजनमा कालो व्यानर सहित प्रदर्शन

काठमाडौं असार २३ ,विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ ले नेपाली संचार क्षेत्रमा पारेको असरबारे नेपाल पत्रकार महासंघले सम्पादकहरुसंग परामर्श बैठक गरेको छ ।बैठकमा कोभिड–१९ पछि नेपाली संचार माध्यमहरुले भोग्नुपरेका समस्या सम्पादकहरुको अनुभव, श्रमजीवि पत्रकारहरुको अवस्था, सम्पादकिय स्वतन्त्रता, सूचनामा पहुँच, महासंघले खेल्नुपर्ने भूमिका र नितिगत व्यवस्था लगायतका विषयमा छलफल गरिएको थियो ।

बैठकमा सम्पादकहरुले अहिलेको संकटमा महासंघको भूमिका महत्वपूर्ण हुने बताउदै कोभिड–१९ ले नेपाली संचार क्षेत्रमा पारेको समग्र अवस्थाको अध्ययन गर्न समस्या समाधानका उपाय खोज्न महासंघलाई सुझाव दिदै अहिलेको विषम परिस्थितिमा महासंघले अभिभावकिय भूमिका निर्वाह गर्नुपर्नेमा सम्पादकहरुले जोड दिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ

यसैवीच महाङ्घले श्रमजीवि पत्रकारहरुलाई पारिश्रमिक लगायत सेवा सुविधाबाट बन्चित गर्ने पत्रकारलाइ वेतलबी बिदामा राख्ने नागरिक दैनिक र एपीवान टेलिभिजनको कार्यालयमा विरोध स्वरुप कालो व्यानर सहित प्रदर्शन गरेको छ । पछिल्लो समयमा कोभिड–१९ को बहाना बनाएर मिडिया हाउसहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने र तलब कट्टा गर्नेलगायतका गतिविधि गरेसंगै महाङ्घले श्रमजीवी पत्रकारको सर्वाधिकारको रक्षाका लागि पेशागत सुरक्षाको माग सहित यस किसिमको आन्दोलनका कार्यक्रम सञ्चालन गरेको हो । महाङ्घले आज नागरिक दैनिक र एपी वान टेलिभिजनको कार्यालयमा टाँस गरेको कालो ब्यानरमा श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर’ र ‘पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी गर’ लेखिएको छ । त्यस्तै महासङ्घले सिर्जित समस्या समाधान गर्न सञ्चार प्रतिष्ठानमा प्रदर्शन सहित वार्ता तथा कानूनी उपचारको बाटो एकसाथ अख्तियार गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।