शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको परराष्ट्रद्दारा बचाउ सहित दिए यस्तो स्पष्टोक्ति

काठमाडौ असार ३०,  आइतवार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले अयोध्या र रामबारे दिनु भएको अभिव्यक्तिप्रति स्पष्टीकरण दिदै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । प्रम ओलीको उक्त अभिव्यक्ति सर्वत्र आलोचना भएसंगै परराष्ट्रले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको जनाउ सहित प्रस्तुत अभिव्यक्ति कसैको भावनामा चोट पुर्‍याउने आशयबाट मुखरित नभएको जनाएको छ ।

त्यस्तै जारी ३ बुँदे विज्ञप्तिमा जनकपुरधाममा बार्षिक हुने जनकपुर र अयोध्यावीचको विवाह पञ्चमीको महत्व लगायत सन् २०१८ मा नेपालका प्रधानमन्त्री केपी ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उदघाटन गरेको रामायण सर्किट र जनकपुर–अयोध्या बस सेवाको विषय समेत उल्लेख गरिएको छ । स्मरण रहोस प्रधानमन्त्रीले बालुवाटारमा आयोजित कार्यक्रममा भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्जको ठोरीमा पर्ने र भारतमा रहेको भनिएको अयोध्या नक्कली भएको बताएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।