बिहिबार, चैत्र १५, २०८०

पूर्वसञ्चार मन्त्री बाँस्कोटाको घरमा बम विस्फोट घटनाका मुख्य योजनाकार ऐनबहादुर पक्राउ

काठमाडौ असार १७, नेपाल प्रहरीले पूर्वसञ्चार तत्कालीन तथासञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार ऐनबहादुर शाही भन्ने विजय शाहीलाई पक्राउ गरेको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व भक्तपुरका सेक्रेटरीसमेत रहेका शाहीलाई प्रहरीलेगत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा आँखा अस्पताल नजीकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा पक्राउ गरेको हो ।

कालीकोट स्थायी घरभएका शाहीलाई ठिमीबाट पक्राउ गरेको जनाउदै  प्रहरील यसअघि सोही घटनामा संलग्न अभिषेक भन्ने टेक बहादुर बिक, अमृत बहादुर कुमाल, लक्ष्मण सेठी र देबी बहादुर गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान पश्चात जिल्ला अदालत भक्तपुरको २०७६ फागुन ३० गते पत्रले देबी बहादुर गुरुङलाई साधारण तारेखमा छोडेको र बाँकी ३ जनालाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । त्यस्तै पक्राउ शाही उपर जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी यस सम्बन्धमा अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।

यसैवीच मध्यपुर ठिमी नगरपालिका(१ लोकन्थली बस्ने मिना केसीको घरमा चोरी गर्ने उद्देश्यले घरको मुल ढोकाको ताल्चा फुटाउँदै गरेको अवस्थामा सोही ठाउँ बस्ने दोलखा घर भएका सुजन तामाङ लगायत ५ जनालाई गएराति महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरी टोलीले पक्राउ गर्दै आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।