बिहिबार, बैशाख १३, २०८१

पाटनअस्पतालमा उपचाररत ६५ वर्षीया कोभिड संक्रमित महिलाको मृत्यु

काठमाडौ साउन १६ ,
कोभिड संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालको आइसियूमा उपचाररत ६५ वर्षीया ललितपुर थसिखेल बस्ने महिलाको मृत्यु भएको छ ।
वीरगञ्जवाट फर्केपछि उनीमा कोभिड संक्रमण देखिएको थियो । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । तर उपचारको क्रममा  आज मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।