मङ्लबार, बैशाख ४, २०८१

पर्सामा सेना, प्रहरी सहित दुइदर्जन भन्दा बढिलाइ कोभिड संक्रमण

समुदायमा संक्रमण फैलिन सक्ने तर्फ सचेत हुन स्वास्थ्यकर्मीको सुझाव

विरगञ्ज साउन १४,

वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित दुइदर्जन भन्दाबढि व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परिक्षणको क्रममा ३४ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ।अस्पताका अनुसार संक्रमति मध्ये नेपाली सेना प्रहरी कारागारका कर्मचारी , स्वास्थ्यकर्मी सहित ३४ जना रहेको जनाएको छ ।

पछिल्लो समय समुदाय स्तरमा संक्रमण फैलिएको आशंका सहित संक्रमितको सख्या बढ्ने क्रममा तिव्रता भएसंगै अनिश्चितकालीन निषेधआज्ञाा समेत लागु गरिएको छ । अझैपनि विरगञ्जमा स्वाब संकलन गरिएका १५ सयको रिपोर्ट आउन बाँकी रहेको जनाउदै पहिचान भएका संक्रमितमध्ये २० जना श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सिया वीरगञ्जका बासिन्दा भएको बताईएकोछ ।

यसैवीच नेपालको प्रहरीवृतमा समेत संक्रमित बढ्दो रहेको पाईएकोछ । पछिल्लो समय प्रधान कार्यालय नक्सालमा मात्र संक्रमित हुनेको संख्या ३५ पुगेको थाहा भएको छ । त्यस्तै मंगलबार राजधानीमा २८ प्रहरी सहित ६१ जनामा संक्रमण देखिएसंगै प्रहरीवृतमा संक्रमण फैलिएको खुलासा भएके हो ।  त्यसअर्थमा पनि संक्रमणको विस्तार रोक्न आवश्यक उपाए कडाइसाथ लागू नगरिए समुदायमा संक्रमण फैलिन सक्ने तर्फ सचेत हुन स्वास्थ्यकर्मीहरुले सुझाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।