शुक्रबार, चैत्र १६, २०८०

नेपाली सेनाका सहायक रथी रावल र महासेनानी खड्का सेवाबाट बर्खास्त

काठमाडौं असार १७,  नेपाली सेनाको आज बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा गर्दै सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको ठहर गर्दै अदालतले रथि रावल र अधिकृत खड्कालाइ सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै पद्धति र प्रणालीमा आधारित सङ्गठन सञ्चालनमा जोड दिंँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहीनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्यअनुसार अनुशासन र आचरणविपरीत कार्य गर्नेलाई शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सङ्गठन सुदृढीकरणमा प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा सेनाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।