शनिबार, बैशाख ८, २०८१

नेपालमा कोभिड १९ बाट थप २ को मृत्यु ,संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं असार २०, नेपालमा कोभिड १९ बाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको आज विहान उपचारका क्रममा र रुपन्देही देबदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

त्यस्तै शनिबार नेपालमा मुलुकका विभिन्न् प्रयोगशालामा गरिएको २ सय ३२ जना नयाँ कोभिड संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ जना पुगेको प्रवक्ता डा। गौतमले बताए ।

त्यस्तै गरि पीसीआर विधिबाट शनिबार ४ हजार ५० जनाको परीक्षण देशभरीका क्वारेन्टिनमा ३३ हजार १ सय २५ जना र आइसोलेसनमा ९ हजार ४२ जनाको उपचार भइरहेको छ भने शनिबार २ सय ७१ उपचार पछि डिस्चार्जभएसंगै संक्रमणमुक्त भएर घर फर्किनेको सख्या ६ हजार ४ सय १५ पुगेकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।