शनिबार, बैशाख ८, २०८१

नेकपा सचिवालय बैठक: पार्टी भित्र सिर्जित यावत सङ्कटलाई सहमतिको आधारमा निकास दिइने

काठमाडौं साउन ३,
सत्तारुढदल नेकपाभित्र सिर्जित अन्तर सघर्ष केन्द्रीत हुदै आज बसेको सचिवालय बैठक मुलुकको विषम अवस्थाका कारण सिर्जित यावत समस्यालाइ   सहमतिको आधारमा सम्बोधन गर्दै राष्ट्रको आवश्यकता अनुरुप अगाडि बढ्ने विषयमा घनिभुत छलफलल भएको बताईएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक पछि सञ्चारकर्मीसंग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पार्टीभित्र देखापरेका समस्याका बारेमा छलफल भएको र थप छलफलको आवश्कयता महसुस गर्दै पार्टी एकतालाई रक्षा र सृदृढ गर्दै प्राप्त जनादेशअनुसार अगाडि बढ्ने विषयमा केन्द्रित भएको बताउनुभयो ।

बैठकमा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच यसअघि भएको छलफल अनुरुप यसवीचमा सिर्जित यावत सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउन सचिवालय बैठक सहमत हुम्दै थप छलफल जारी राख्ने सहमति भएको बताउदै आजको बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी ओलीले राजीनामा दिने कुनै औपचारिक प्रस्ताव प्रस्तुत नभएपनि आइतबार अपराह्न ३ बजे बस्ने स्थायी कमिटीको बैठकले नितिगत निर्णय गर्ने जानकारी दिनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।