बिहिबार, चैत्र १५, २०८०

नेकपा अध्यक्ष प्रचण्ड र प्रम ओली आ-आफ्नै अडानमा, स्थायी समिति बैठक पुनः स्थगित

काठमाडौं असार २४ , सत्तारूढ पार्टी नेकपा भित्र चुलिएको विवाद समाधानका लागि मंगलवार प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको वार्ता सकारात्मक भनिएपनि नितिगत निचोडमा पुग्न नसकेको बुझिएको छ ।

यी अध्यक्षवीचको वान टु वान वार्ता सकारात्मक बन्न नसकेै कारण आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन गरिएको बुझिएके छ । यदपी वार्ता प्रक्रियालाइ भने आज पनि निरन्तरता दिने तयारीमा दुवै अध्यक्ष रहेको सम्वद्ध स्रोतले जनाएको छ । त्यस्तै आजको वार्ता घनिभुत सफल भए नेकपा भित्रको संकट सहजै समाभान हुने अन्यथा कुनै पनि किसमको विग्रह आउन सक्ने बताईएकोछ ।

त्यस्तै पटकपटकको वार्ता भएपनि नितिगत सहमचि नबन्नु यसको लक्षण् भएको दावी गर्दै आज हुने भनिएको वार्तालाइ अर्थपूर्ण रुपमा हेरिएको बुझिएको छ । यदी यसवीचमा सहमति बन्यो भने शुक्रबारसम्मका लागि स्थगित गरिएको सचिवालय बैडकले सार्थकता पाउनेछ होइन भने सिथती ज्यूको त्यहुँ रहने सम्वद्ध स्रोतको दावी रहेको छ । आज समेत गरि नेकपाको स्थायी समिति बैठक ४पटक स्थगित भइसकेको छ । दुइ शिर्ष नेतावीचको वार्ता प्रम ओलीको राजीनामा प्रकरणमा अड्किएका कारण विवाद झन जटिल बन्दै गएको अवस्था छ ।

स्मरण रहोस प्रधानमन्त्री ओलीले राजीनामाबाहेकका एजेन्डामा मात्र छलफल गर्ने मनस्थिती सहित स्थायी समितिले दवाब दिँदैमा आफूले पदबाट राजीनामा नदिने बरु जस्तोसुकै परिस्थिति पनि सामना गर्ने भनिरहेको छन भने अध्यक्ष प्रचण्डले प्रम ओलीले राजीनामा दिनुको विकल्प नभएको बताइरहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।