शुक्रबार, बैशाख ७, २०८१

नव नियुक्त प्रहरी महानिरीक्षक थापालाइ दर्ज्यानी चिन्ह

काठमाडौं असार २५ ,नेपाल प्रहरीको महानिरीक्षक पदमा पदोन्नति भएका शैलेश थापा क्षेत्रीलाइ आज गृहमन्त्रालय आयोजित एक कार्यक्रमकावीच गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्हबाट सुशोभित गर्नु भएको हो । मन्त्रीपरिषद्को २०७७ असार २३ गतेको निर्णयअनुसार असार २५ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा थापालाइ पदोन्नति गरिएको थियो ।

कार्यक्रममा गृहसचिव न्यौपानेले नेपाल सरकार गृह मन्त्रालयको तर्फबाट प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्दै प्रहरी संगठनको गरिमा एवम् छविलाई अझ उचाईमा पुर्‍याउने विश्चास व्यक्त गर्नुभयो ।

त्यस्तै उहाले राष्ट्र तथा नागरिकको अपेक्षा अनुरुप शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराध नियन्त्रणमा अझ कुशलता प्रदर्शन गर्ने, प्रविधिमैत्री अनुसन्धान पद्धतिलाई अगाडि बढाउने, नागरिककै साथीको रुपमा प्रहरीलाई अझ क्रियाशील तुल्याउने, प्रहरीको नागरिकप्रतिको सम्मानलाई अझ उच्च बनाउने र नागरिकबाट प्रहरी संगठनलाई प्राप्त हुने इज्जत, मर्यादा, अपनत्व तथा विश्चास बढाउने कुरामा नवनियुक्त प्रहरी महानिरीक्षकलाई सफलता प्राप्त हुनेछ र प्रहरी संगठन अझ सम्झन लायक हुने विश्‍वास समेत व्यक्त गर्नुभएको छ ।त्यस्तै प्रहरी महानिरीक्षक शैलेश थापाले पनि संविधान, ऐन र नियमले निर्दिष्ट गरेको सिमाभित्र रहेर नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा सिंगो प्रहरी संगठनलाई साथ लिएर आफ्नो क्षमता र विवेकले भ्याएसम्मनिस्वार्थरुपमा नेपाल प्रहरी समक्ष रहेको अपेक्षामा खरो उत्रने इमानदार प्रयास गर्ने बताउँनुभयो । 

त्यस्तै उहाँले प्रहरी महानिरीक्षकको सफलता वा असफलता देश, सरकार संगठनको सफलता असफलतासँग गाँसिएको हुन्छ भन्दै कसैले पनि बर्दीमा दाग लगाउने कोशिश गर्छ भने उसमाथि निर्मम रुपमा कारवाही प्रक्रिया अगाडि बढाइने बताउँदै आगामी दिनहरुमा प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाइने प्रतिवद्धता व्यक्त गर्नुभएयो ।

त्यसअवसरमा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी , नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारी एवं संचारकर्मीको उपस्थिति रहेको थियो ।

यसैवीच दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आजै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । यसअघि उहााले प्रहरी मुख्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु