शुक्रबार, चैत्र १६, २०८०

चित्रकला प्रतियोगिताका विजेता विधार्थीलाइ पुरस्कार

काठमाडौं असार २४, राष्ट्रिय विभुति कलाकार अरनिकोको स्मृतिमा दिवसको अवसरमा आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिताका विजेता विधार्थीलाइ एक कार्यक्रमकावीच पुरस्कृत गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नाफा को आयोजना तथा फोकस एड नेपालको सहकार्यमा सम्पन्न उक्त प्रतियोगितामा उपत्यका विभिन्न विद्यालयका ४६ जना विधार्थीको सहभागिता रहेको थियो ।

त्यस्तै समूह ए अन्र्तगत जेनिथ .इ. से स्कूलका ओम भण्डारी प्रथम मुस्कान प्रजापति लिर्नस एकेडेमी भक्तपुर दोस्रो र आर्दश विद्या मन्दिर ललितपुरका यश्वश्वि खत्रीले तेस्रा स्थान जितेका थियो ।  त्यस्तै समूह बी अन्र्तगत साइनिङ्ग स्टुडेण्ट एकेडेमी भक्तपुरका कृपा माझी प्रथम लिर्नस एकेडेमी भक्तपुरका शुसन जती जेनिथ इ .से स्कूलका दोस्रो र जेनिथ इ से स्कूलका प्रकृति मगरले तेस्रो पुरस्कार प्राप्त गरेका थिए ।

प्रतिष्ठानका कुलपति के के कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपकुलपति गोपाल चित्रकार ,सदस्य सचिब विपिन कुमार घिमिरे,फोकस एड नेपालका अध्यक्ष नरेश कुमार मल्ल,प्रमुख निर्णायक बुद्धि गुरुङ्ग र रमेश खनाल लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।