शनिबार, बैशाख ८, २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका चेन म्यान लोध र यादव चार लाख घुससहित पक्राउ

काठमाडौं साउन १३ ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुससहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका सहयोगी अर्थात चेन म्यान विश्वनाथप्रसाद लोध र स्थानीय महेन्द्रप्रसाद यादवलाई सेञ्न्चुरी कमर्सियल बैंक लिमिटेड, शाखा कार्यालय भैरहवाको परिसरबाट पक्राउ गरेको छ ।

आयोगका अनसार जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको बुटवलबाट टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । आयोगका प्रवक्ता तारानाथ अधिकारीले पक्राउ परेका लोध र यादव माथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।