शुक्रबार, बैशाख ७, २०८१

गुरुहरुलाई ज्ञानको सम्मान

काठमाडौं असार २१ , काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित सामुदायिक विद्यालय ज्ञानोदय माविका पूर्व विद्यार्थीहरुको संगठन (ज्ञान) द्धारा गुरु पूर्णिमाको अवसरमा आज गुरुहरुलाई सम्मान गरी गुरु पूर्णिमा मनाएको छ ।

कोभिड १९ को कारण सामाजिक दुरी कायम गर्दै सीमित पूर्व विद्यार्थीहरुको उपस्थितीमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यलाई सम्मान गरेको थियो । त्यसअवसरमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष उर्मिला माली, सदस्यहरु तारा भण्डारी, रामेश्वर गौतम, साधुराम गौतम, अभिभावक प्रतिनिधि सरीता महर्जन, शिक्षक प्रतिनिधि बद्री न्यौपाने, शिक्षा अधिकृत मोतीराज खनाल, वडा प्रतिनिधि रामबाबु कोइराला र प्रधानाध्यापक नातिकाजी महर्जनको उपस्थिति रहेको थियो ।
संस्थाका उपाध्यक्ष निरु महर्जनको स्वागत अभिव्यक्तिबाट आरम्भ गरिएको गुरु सम्मान कार्यक्रममा ज्ञानका अध्यक्ष रुपचन्द्र पन्तद्धारा संस्थागत परिचय एवमु संस्थागत कामकारवाहीको जानकारी दिनुभएको थियो ।

त्यस्तै साधुराम गौतमले ज्ञानले आफनो स्थापनाकालदेखि नै मानविय र सामाजिक कार्यहरु गर्दै आएको, ज्ञान विद्यालयको गहना भएको हुँदा यसको समृद्धि र विकासमा विद्यालयले पनि सक्दो सहयोग गर्नुपर्ने आवश्यकता औल्याउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । कार्यक्रमको संचालन सस्थाका सचिव राम महर्जनले गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु