शनिबार, बैशाख ८, २०८१

गुरुयोजना कार्यान्वयनका लागि महानगर वडा नं ८ स्थित तिलगङ्गाको बस्ती हटाइँदै

[फाइल फोटो]

काठमाडौ असार २२ , पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका वडा नं ८ स्थित तिलगङ्गा आवास क्षेत्रको जग्गा तथा सोमा बनेका पक्की, कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत हटाउन सूचना जारी गरेको छ । पशुपति क्षेत्र विकास गुरुयोजना कार्यान्वयनको लागि यस किसिमको संरचना हटाउन लागेको हो ।

कोष सम्वद्ध अधिकारीका अनुसार जग्गाप्राप्ति ऐन २०३४ को दफा ६, ७ र ८ बमोजिम प्रारम्भिक कारवाही भई दफा १० अनुसार २०७० साल जेठ ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँले अधिग्रहण गरेको सूचना जारी गरेको बताएकोछ । यसवीचमा यसअघि मुआब्जा दिइसकिएको र बाँकीलाई दिन लागिएको कोषले जनाएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।