शनिबार, बैशाख ८, २०८१

गाईजात्रा लगायत पर्व मनाउँदा संक्रमणको जोखिमलाइ नजरअन्दाज नगर्न महानगरको आग्रह

काठमाडौं साउन १५,

कोभिड संक्रमणको बढ्दो जोखिम नियन्त्रणका लागि जारी बन्दाबन्दी खुलेसंगै उपत्यकामा दिनानुदिन संक्रमितको सख्या बढ्दो रहेको छ। यसवीचमा उपत्यकामा मनाइने कुनै पनि जात्रा पर्व मनाउदै गर्दा भीडभाड नगर्न काठमाडौं महानगरपालिकाले स्थानीयसँग आग्रह गरेको छ ।
आज महानगरको ५० औं कार्यपालिका बैठकले आसन्न रक्षा बन्धन र गाइजात्रा पर्व लक्षित हुँदै प्रस्तुत पर्व मनाउने क्रममा बढ्दो संक्रमणको जोखिमलाइ नजर अन्दाज नर्गन आग्रह गरेको हो ।

बैठकमा महानगर प्रमुख बिद्यासुन्दर शाक्यले संक्रमणको जोखिम बढ्नु भनेको आफैमा चुनौतीको विषय भएकै कारण । हामीले मनाउने जात्रा र पर्वको समय हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प नभएको बताउनुभएको छ । त्यस्तै उहाँले मृत आत्माको चिरशान्तिको कामना गरौं । विगतका वर्षमा जस्तो भिडभाड सहिर्त घर बाहिर निस्किने क्रमा विराम लगाउँन आग्रह गर्नुभएको छ ।

त्यस्तै उहाँले समुदायस्तरमा संक्रमण फैलियो भने स्थिती आफैमा भयावह हुन्छ । त्यअर्थमा वेलैमा सर्तक हुनुको अर्को विकल्प नभएको उहाँको भनाइ रहेका थियो ।
त्यस्तै बैठकमा महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले जात्रा पर्व मनाउने सन्दर्भमा उपत्यका नगरपालिका फोरमको एउटै आवाज हुनुपर्छ । एउटै भूगोलमा रहेका स्थानीय तहमध्ये कुनैले मनाउने, कुनैले नमनाउने निर्णय गर्नुनहुने बताउदै महानगर प्रमुख स्वयम उपत्यका नगरपालिका फोरमको अध्यक्ष भएका कारण तत्काल फोरमको बैठक बोलाएर यस बिषयमा नितिगत निर्ण सार्वजनिक गर्न आवश्यक रहेको बताउनभयो ।

त्यस्तै बैठकमा महानगर वडा न१८ का अध्यक्ष एवम महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले आसन्न जात्रा पर्व मनाउने सवालमा सम्वद्ध स्थानीय गुठीयारहरुसँग परामर्शको क्रममा स्वास्थ्य सुरक्षा महत्वपूर्ण विषय भएको सुझाव आएको जानकारी दिनु भएको थियो ।

परम्परागत रुपमा सापारु (गाईजात्रा) लगायत पर्व मनाउँदा सहभागीहरुलाई महामारीको प्रकोपबाट बचाउन कस्तो निर्णय लिनपर्ला, छलफलमा वडाध्यक्षहरु नीलकाजी शाक्य, बिकास डंगोल, कार्यपालिका सदस्य प्रेम पुजारीलगायत बैठकका सदस्यहरुले आस्था र आफ्नो स्वास्थ्य दुवै जोगाउन स्थानीयबाट सहयोग प्राप्त हुनुपर्ने सुझाव दिनुभएको थियो ।  स्मरण रहोस, उपत्यकामा देखिएका कोरोनाका संक्रमितमध्ये ३५० जना स्थानीय हुनुहुन्छ । यसमध्ये २१० जना पुरुष र बाँकी महिला रहेका छन ।

साथै आजको बैठकले महानगरपालिका विपद् व्यवस्थापन कोष (संचालन) कार्यविधि २०७७ र स्वास्थ्य संस्था दर्ता नविकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधि — २०७७ लगायतका विषयगत प्रस्ताव पारित गरेको छ । त्यसै गरी, संसद बिकास कोषबाट हुने गरेका काम र महानगरको बिकासको अन्तरसम्बन्धका बिषयमा वडाध्यक्षहरु मुकुन्द. रिजाल, ख्याम तिवारी, नारायण भण्डारी, नविन मानन्धर, शोभा सापकोटा, रामकुमार के. सी., दलबहादुर कार्की, बिकास डंगोललगायतले आआफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो । बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, सहसचिव राजेश्वर ज्ञवालीसहित बिभागीय प्रमुखहरु उपस्थित हुनुहुन्थ्यो ।