शुक्रबार, बैशाख १४, २०८१

कोभिड संक्रमितको संख्या १४ हजार नाघ्यो, ४ हजार ६ सय ५६ संक्रमित उपचारपछि डिस्चार्ज

काठमाडौं असार १७ , नेपालमा कोभिड—१९ संक्रमितको संख्या १४ हजार नाघेको छ । बुधबार ४ सय ८२ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोभिड संक्रमितको संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पीसीआर विधिबाट २ लाख ३३ हजार २ सय २७ जनाको कोभिड परीक्षण भएको र देशभरीका क्वारेन्टिनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् धने आइसोलेसनमा ९ हजार ३ सय ६० जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।साथै बुधबारसम्म ४ हजार ६ सय ५६ कोभिड संक्रमित उपचारपछि  निको भएर घर फर्किएको मन्त्रालयले जनाएको ।

यसैवीच  संक्रमणका कारण आज थप एक जनाको मृत्यु भएको छ । रामारोशन गाउँपालिका ५ का ४५ वर्षिय मधुमेहको विरामी पुरुषको असार १४ गते मृत्यु भएकेहो । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

साथै पछिल्लो  समय बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन आग्रह गर्दै मन्त्रालयले १४ हजार बढी संक्रमित मध्ये २ हजार ६१ जना १८ वर्षमूनिको रहेको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।