बिहिबार, बैशाख १३, २०८१

कोभिड संक्रमणका कारण जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत सहित ३ को मृत्यु

काठमाडौं साउन १६,

वीरगञ्ज श्रीपुर बस्दै आएका जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृतको गएराती कोभिड संक्रमणको कारण मृत्यु भएको छ। ५६ वर्षीय भारतीय नागरिक हुन्। उनको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

मुटुको रोगी समेत रहेका उनलाइ गत साउन ६ गते संक्रमण पुष्टि भएसंगै ७ साउनदेखि आइसियुमा राखेर उपचार सुरु गरिएको थियो।वीरगन्जमा बिहीबार नै कोरोना संक्रमित अरु दुई जनाको पनि मृत्यु भएको थियो । मृत्यु हुनेमा वीरगञ्ज उपमहानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय वृद्ध रहेको अस्पताल स्रोतले जनाएको छ ।

दुबैको मृत्यु पिसिआर परीक्षणको रिपोर्ट आउनु अघि नै भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।