शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं उपत्यकाका थप ३८ जना सहित २२४ जनामा कोभिड संक्रमण पुष्टि

नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

काठमाडौ साउन १६,

काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रतिको सख्या बढ्दै गएको जनाउदै मन्त्रालयले विभिन्न प्रयोगशालामा १० हजार ७ सय ६८ वटा  पीसीआर परीक्षणको क्रममा    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका थप ३८ जना सहित २२४ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।

आज पहिचान भएक संक्रमित मध्ये काठमाडौंका ३२,ललितपुरका ५ र भक्तपुरका १ गरी ३८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। बिहीबार मात्र काठमाडौंका ४१, भक्तपुरका २ र ललितपुरका २ जना गरी ४५ जनामा संक्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज पहिचान भएका नयाँ संक्रमितसैगै कूल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा १ सय ५१ डिस्चार्ज भएसंगै कोभिड मुक्त हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै देशभर आइसोलेसनमा ५ हजार ३ सय १६ जना संक्रमितको उपचार भैरहेको र क्वारेन्टिनमा बस्नेहरुको संख्या १२ हजार एक सय ११ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा भारतीय नागरिक ५६ वर्षीया पुरुष, वीरगञ्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ललितपुर थसिखेल कि बासिन्दा ६५ वर्षीया महिला रहेको बताउदै यो सँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु