बुधबार, बैशाख १२, २०८१

काँग्रेसको आधारभूत सदस्य प्रशिक्षण पुस्तिका सार्वजनिक

काठमाडौं साउन १३,
नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आधारभूत प्रशिक्षण पुस्तिका तयार पारी प्रकाशनमा ल्याएको छ । प्रकाशित पुस्तिकामा काँग्रेसको प्रारम्भ, यसका आदर्श, सिद्धान्त, नीति, र कार्यक्रम, पार्टीको इतिहास र योगदान, पार्टी नेतृत्वको सरकारले प्राप्त गरेका उपलब्धि, आर्थिक–सामाजिक नीतिलगायत विषयमा जानकारी रहेको प्रतिष्ठानले जनाएको छ ।

यस्तो छ  सार्वजनिक प्रशिक्षण पुस्तिका

यसैगरी पुस्तिकामा परराष्ट्र सम्बन्ध, कम्युनिष्ट नेतृत्वको सरकारको मूल्याङ्कन, साम्यवाद र लोकतन्त्रबीचको भिन्नता, कम्युनिष्ट पार्टी र अरु पार्टीसँग काँग्रेसबीच भिन्नता, आगामी दिनमा काँग्रेसले गर्ने र गर्नसक्ने योजना, आदि विषयहरु समावेश गरिएको उल्लेख गरिएको छ ।

साथै प्रतिष्ठानले पार्टीका सदस्यहरुका लागि प्रशिक्षण यही पुस्तिकाको आधारमा गर्नुहुन पार्टीका सम्पूर्ण प्रशिक्षक तथा जिल्ला प्रशिक्षण शाखाहरुलाई समेत आग्रह गरेको । पुस्तिका www.nepalicongress.org भित्र गई Central Policy, Research and Training Academy मार्फत हेर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।