मङ्लबार, बैशाख ११, २०८१

कक्षा ११ को बोर्ड परीक्षा पनि विद्यालयको आन्तरिक परीक्षाका आधारमा

काठमाडौं असार २१, कोभिड १९ को जोखिमका कारण सरकारले कक्षा ११ को बोर्ड परीक्षा पनि नगर्ने निर्णय गरेको छ ।  संक्रमणको बढदो जोखिमका कारण बोर्डले परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरेको हो । साथै यसरी परीक्षा रद्ध गरिएसंगै  विद्यार्थीको अन्तिम मुल्यांकनका लागि कार्यविधि तयार गर्ने जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डलाई दिएको छ ।

त्यस्तै कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन । १२ कक्षा विद्यालय तहको अन्तिम कक्षा भएकाले अनुकुल समयमा बोर्ड परीक्षा नै सञ्चालन गर्ने सरकारको तयारी रहेको छ ।

यसअघि सरकारले यसअघि नै एसईई परीक्षा पनि आन्तरिक मुल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय सहित  देशभरबाट बोर्डमा अंक प्राप्त भएपछि साउन १५ सम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य परीक्षा बोर्डले बनाएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।