शुक्रबार, चैत्र १६, २०८०

औषधि व्यवसाय र व्यवसायीको सर्वपक्षिय कल्याणका लागि काँग्रेसले पहलकद्मी लिने डा. महतको उद्घोष

 राज्यको प्रष्ट निति नहुनु र भएको निति पनि व्यवसाय मैत्री बनाउदै कार्यान्वयन गर्न नसक्दा  अनेकन समस्या सिर्जना : महासचिव अधिकारी 

औषधि जस्तो संवेदनशील क्षेत्रका सरोकारवाला संघसंस्था लाइ हेर्ने र गर्ने व्यवाहरमा एकरुपता आवश्यक : महासचिव  आचार्य

नियमनकारी संस्था औषधि व्यवस्था असहयोगका कारण केहि असहज अवस्था सिर्जना : प्रतिष्ठित औषधि व्यवसायी  बैध

व्यवसायिक एकताको विकल्प नभएको ठहर  सहित व्यवसायिक मैत्री वातावरण आजको आवश्यकता :  अध्यक्ष   वास्कोटा

काठमाडौं साउन १६ ,

नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोभिड अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले सेवा मुलक व्यवसाय अन्र्तगत औषधि जन्य व्यवसाय र व्यवसायीको सर्वपक्षिय कल्याणका लागि काँग्रेसले पहलकद्मी लिने बताउनुभएको छ । आज राजधानीमा औषधि थोक व्यवसायी संघको आयोजनामा भएको बढ्दो कोभिड १९ को जोखिमको अवस्थामा औषधिको सहज उपलब्धता समस्या र समाधान विषयक छलफल कार्यक्रमलाइ सम्बोधन गर्दै डा महतले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै उहाँले पछिल्लो समय राज्यको उदासिन तथा गैरजिम्मेवार प्रवृतिका कारण औषधि व्यवसाय संगै अन्य सव्यवसायका व्यवसायी समेत हदै सम्म् प्रताडित भएको जिकिर गर्दै राज्यले जुनसुकै व्यवसाय र व्यवसायीको लगानी देखि भौतिक संरक्षण गर्न सकेमात्र कोभिड जोखिमको न्यस्निकरण संगै समृद्ध मुलुकको परिकल्पनालाइ सार्थक बनाउन सकिने भउकै कारण औषधि बिक्रेताहरूको मागको सुनुवाइ हुनुपर्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले आम नागरिकको भरोसाको केन्द्र बन्नु पर्ने सरकार स्वयम महामारीको समयमा समेत कमाउ धन्दामा लाग्दै दोषीलाइ कारवाही गर्नु भन्दा पनि संरक्षकको रुपमा प्रस्तुत हुदै गर्दा यत्र तत्र ,सर्वत्र अन्यौलतासंगै निराशाको कालो वादल सिवाय केहि नभएको बताउँदै  सरकार महामारीको रोकथाम र नियन्त्रणमा असफल बन्दै गएको बताउदै जारबिन्दाबन्दी खुला गरेसंगै स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरुमा पनि सरकार उदासिन बन्दै सरकारले जनताको जीवन रक्षाका लागि उचित व्यवस्था नगर्दा नागरिक दिनाननुदिन महामारी त्रासमा बस्न बाध्य भएको बताउनुभयो ।

त्यस्तै छलफलका क्रममा विषमको समयमा सरकारले प्रदर्शन गरेको गैर जिम्मेवार रवैयाबाट प्रताडित औषधिका थोक व्यवसायी लगायतका व्यवसfयीको समस्या समाधानका लागि काँग्रेसले पार्टी गत छलफल गर्दै सरकालाइ सहजीकरणको लागि दवाव सिर्जना गर्ने बताउनुभयो ।

त्यस्तै छलफलमा नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले पछिल्लो समय औषधि जगतको नियमन गर्ने निकायले नियमसंगत काम गर्न नसक्दा सिङ्गो औषधि जगत यो वा त्यो कोणबाट प्रभावित बन्दै आएको बताउनुभयो । एकातर्फ राज्यको प्रष्ट निति नहुनु अर्कोतर्फ भएको निति पनि व्यवसाय मैत्री बनाउदै कार्यान्वयन गर्न नसक्दा  अनेकन समस्या सिर्जना भएको बताउनुभयो । साथै महासचिव अधिकारीले कोभिड जोखिमको समयमा सरकाले व्याज छुट दिने जस्ता कामकारवाहीलाइ प्राथमिकरण गर्न नसकेको गुनासो गर्नुभयो ।

त्यस्तै औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले जोखिमको समयमा आफु र आफ्नो परिवारको समेत पर्वाह नगरी औषधिको सहज आपुर्तिका लागि क्रियाशिल औषधि व्यवसायीलाइ हेर्ने विभेदकारी दृष्टिकोण किमार्थ स्वीकार्य नभएको बताउदै औषधि जस्तो संवेदनशील क्षेत्रका सरोकारवाला संघसंस्था लाइ हेर्ने र गर्ने व्यवाहरमा एकरुपता आवश्यक भएको बताउनुभयो ।

त्यस्तै गरि वरिष्ठ औषधि उद्योगी एवम औषधिका आयातकर्ता समेत रहेको प्रतिष्ठित औषधि व्यवसायी पृथ्वीराज बैधले कोभिडको जोखिका वीच सरकारको असहयोगका वावजुद पनि वाहिरबाट आयात गर्नु पर्ने इन्जेक्शन जस्तो कोलचेन मेन्टेन गर्नु पर्ने औषधि समेत आयात गर्दै देश जनताको सेवामा समर्पित हुन पाउदा गौरवको अनुभूति भएको बताउनुभयो ।  साथै उहाँले सरकारले स्वदेशमा उत्पादन भएका अत्याआवश्यक औषधि समेत मुलुकको दुरदराजमा पुर्याउन औषधि जगतका नियमनकारी संस्था औषधि व्यवस्था विभाग मार्फत सहयोग हुन नसकेका कारण केहि असहज अवस्था सिर्जना भएको बताउनुभयो ।

त्यस्तै नेपाल औषधि थोक व्यवयसायी संघका अध्यक्ष शिवराज वास्कोटाले कोभिड जोखिमको महामारी संगै राज्यको तर्फबाट औषधि व्यवसायको क्षेत्रमा गरिएको विभेदकारी व्यवाहरको विश्लेषण गर्ने हो भने मुलुकमा सरकारको उपस्थिती बत्तीमुनीको अध्यारो भएको बताउदै सरकाले व्यवासायीको पिरमर्का बुझ्ने कुनैपनि प्रयत्न नगरेको भन्दै सरकारको रवैयाको तिव्र आलोचना गर्नुभएको छ । साथै अध्यक्ष वास्कोटाले  औषधि व्यवसायीले आफु र आफ्नो   परिवारको  स्वास्थ्यलाइ समेत संक्रमणको जोखिम राख्दै राज्यको निर्देशन मुताविक  बन्दाबन्दीको शुरवाती देखि कुनै पनि औषधिको अभाव नहोस भन्दै अहोरात्रा त्रियाशील हुँदाको वावजुद पनि राज्य हाम्रो व्यवसायप्रति उदासिन हुनु आफैमा उदेक लाग्दो पक्ष भएको बताए । त्यस्तै उहाँले उत्पादक आयातकर्तावीच पछिल्लो समय मौलाएको विवादका वीच पनि व्यवसायिक एकताको विकल्प नभएको ठहर सहित व्यवसायिक मैत्री वातावरण आजको आवश्यकता भएको र औषधि जगतका सरोकारवाला संघसंस्था हातमा हात र काँधमा काँध् मिलाउदै  अगाडि बढ्ने हो भने कुनैपनि समस्या निमेष भरमानै समाधान गर्न सकिने बताउनु भएको छ ।

छलफल कार्यक्रममा अनुगमन समितिका सदस्य डा प्रभु बुढाथोकी , पिनका सल्लाहकार नेत्रनाथ पौडेल , पिनका अध्यक्ष गान्धी शर्मा, एनएमएसआरका अध्यक्ष अनिल दाहाल लगायतका औषधि जगत सम्वद्ध प्रतिनिधिहरूले समेत आ-आफ्नो अभिव्यक्ति अभिव्यक्त गर्नु भएको थियो भने  संघका महासचिव गणेश नेपालले  स्वागत अभिव्यक्ति सहित व्यवसायीले भोग्नु परेको यावत विषम अवस्था माथि प्रकाश पार्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।