बिहिबार, चैत्र १५, २०८०

उपत्यकाका ५ हजार मानिसको कोभिड–१९ पिसिआर परीक्षण अभियान

काठमाडौ असार २६, काठमाडौं उपत्यकामा पछिल्लो समय कोभिड संक्रमितको सख्या दिनानुदिन बढ्ने क्रमले निरन्तता पाएसंगै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण अभियान शुरु गरेको छ ।
त्यसक्रममा महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना सङ्कलन कार्य शुरु गरेको जनाएको छ ।

त्यस्तैउपत्यकामा बाहिरबाट आउने मानिस बढेपछि महाशाखाले यस किसिमको परीक्षण अवधारणा बनाउदै ५ दिनसम्म लक्षित सख्या अनुरुपको नमुना संकलन गरिने जनाउदै महाशाखाले बिहीबार कलङ्की, वनस्थली, चाबहिल र भक्तपुरमा ती कार्यालयमा रहेका कर्मचारीको एक हजार नमूना सङ्कलन गरेको जानाकारी दिएकोछ ।

पछिल्लो डेटा अनुसार नेपालमा दुई लाख ७१ हजार १४५ जनाको परीक्षण गरिएकोमा १६ हजार ५३१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।