शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका ५४ सहित थप १८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ असार २२, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणको क्रममा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कोभिड संक्रमितको संख्या १५ हजार ९६४ पुगेको जनाएको छ ।

पछिल्लो समय देशभरमा ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्ल अन्र्तगत प्रदेश नं २ मा महोत्तरी र रौतहट, प्रदेश नं ५ मा पाल्पा र सुदूरपश्चिमको अछाम, कैलाली र बाजुरामा पनि सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी रहेको जनाएको छ ।

त्यस्तै कुल संक्रमित मध्ये आज उपचार पछि २६४ जना डिस्चार्जभएसंगै कोभिड मुक्त हुनेको कुल सङ्ख्या छ हजार ८११ पुगेको छ भने संक्रमणकै कारण मृत्यु वरण गर्ने को सख्या ३५ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैवीच उपत्यकामा कोभिड १९को सङ्क्रमितको सख्या दिनानुदिन बढ्दो रहेको पाईएको छ । आइतबार ३० जना सङ्क्रमित देखिएका थिए भने आज पहिचान भएका १८० जना सङ्क्रमितमध्ये ५४ जना उपत्यकाका रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये नेपाल वायु सेवा निगमका ३ पाइलटसहित ७ जना सहित कपन, चागुनारायण, हरिसिद्धीलगायतका क्षेत्रका व्यक्तिसँगै स्वास्थ्यकर्मी लगायत ५४ जना रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।