शुक्रबार, चैत्र १६, २०८०

आयोगले भन्यो – नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर

काठमाडौ असार २१,  राष्ट्रिय मानव अधिकार आयोगले उपत्यकाका ढलहरूमा समेत कोभिड भाइरस भेटिएको भन्ने सञ्चारमाध्यममा सार्वजनिक भएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै आयोगले कोभि बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पिसिआर परीक्षणलाई तीव्रता दिन समेत आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

साथै जारी विज्ञप्तिमा काठमाडौ उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा कोरोना सङ्क्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पु¥याउन र पिसिआर परीक्षणलाई तीव्रता दिई नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न अनुगमनबाट प्राप्त तथ्यका आधारमा पिसिआर परीक्षण बढाउन तथा क्वारेन्टिनहरू व्यवस्थित गर्न समेत आयोगले आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।