शनिबार, बैशाख ८, २०८१

आयोगको अनुसन्धान अधिकृत भएको बताउदै ठगी गर्दै हिँडेका अर्जुन क्षेत्री सहित ९ जना रङ्गेहात पक्राउ

काठमाडौ असार २६ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्दै हिँडेका अर्जुन थापा क्षेत्री  सहित विजय रावल, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भु प्रसाद रेग्मी, शंकर बिक्रम खड्का, श्याम सिंह थापा र विवेक पोखरेल पक्राउ परेका छन् ।

अख्तियार स्रोतका अनुसार अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षेत्री सहित ९ जनालाई  पक्राउ गरेको  र निजहरुले   बुढानिलकण्ठ नपा वडा नं २ चपली बस्ने जग्गा व्यवसायीसँग जग्गाको विषयमा आयोगमा उजुरी परेको छ भनी अपराधिक लाभ लिन मनशायले मोवाइलबाट सूचना कर्तालाई पटक पटक मिसकल गर्ने, फोन रिसिभ गर्दा आफूलाई आयोगको अनुसन्धान अधिकृत भएको बताउदै अनुसन्धान प्रकृया अगाडि बढेको र अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुस जस्ता एसएमएस  पठाउदै क्षत्रीसहितको टोलीले चार करोड माग गरेका थियो ।

अन्तत माग वमोजिमको रकमको बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेको र कुरा मिलेसंगै रकम लेनदेनको क्रममा उनिरुलाइ पुरानो बानेश्वर क्षेत्रबाट विहिवार पक्राउ गरेको हो । त्यस्तै पक्राउ परेसंगै निजहरुलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा टेकुमा पठाइएको छ । क्षेत्री यसअघि पनि भूकम्प आउँछ भनेर भ्रम फैलाएको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।