बिहिबार, बैशाख १३, २०८१

आज देशभर बालबालिकालाई दोस्रो चरणको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं असार २२,  आज र भोली देशभर दोस्रो चरणको पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

यसको लागि स्वास्थ्य सेवा विभागको पोषण शाखाले आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह समेत गरेको छ ।
पहिलो चरणमा बालबालिकालाई कात्तिक २ र ३ गते औषधि खुवाइएको थियो ।

यसअघि दोस्रो चरणको कार्यक्रमको गत वैशाख ६ र ७ गते तय गरिएको प्रस्तुत कार्यक्रम कोभिड संक्रमणका कारण स्थगित गरिएअनुरुप दोस्रो चरणको कार्यक्रम आज र भोली सम्पन्न गर्न लागेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।