बिहिबार, चैत्र १५, २०८०

आगामी शुक्रबारसम्म भारी वर्षाको सम्भावना

काठमाडौं साउन १४,

मनसुनी गतिविधि अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ । विभागका अनुसार मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेका हुनाले गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने जनाएको हो ।

महाशाखाका अनुसार सोमबारदेखि नेपालमा मनसुन सक्रिय भई देशाका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षा भइरहेको छ । मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, प्रदेश १, २ र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना औल्याएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।