शनिबार, साउन ३१, २०७७
ताजा मिशन मिडिया

महासंघलाई बहुउपयोगी गुर्जो हस्तान्तरण

काठमाडौं साउन ५

समाजसेवी कमल बहादुर राजलवटले सुस्वास्थ्यका लागि बहुउपयोगी गुर्जो जातको ३ क्रेट बेर्ना आज नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई हस्तान्तरण गर्नुभयो ।
आन्तरिक राजस्व कार्यालय लाहानमा कार्यरत राजलवटले गुर्जो हस्तान्तरण गर्दै यो बहुउपयोगी औषधी शुरुमा एकलाख बेर्ना वितरण गर्ने लक्ष भएतापनि अब आवश्यकता पर्नेहरुलाई निशुल्क वितरण गरिने बताउनुभयो ।

रुघा खोकी, सबै प्रकारका ज्वरो लगायका लागि उपयोगी रहेको भन्दै गुर्जो रोप्न मेहनत धेरै लागत कम रहेको बताउनुभयो । करेसाबारी, कौसी तथा घाम लाग्ने जुनसुकै स्थानमा रोप्न सकिने बताउनुभयो ।  स्वास्थ्यका लागि बहु उपयोगी गुर्जोका विरुवा निशुल्क वितरण गर्ने अभियानमा लाग्नुभएका राजलवटलाई महासंघका अध्यक्ष आचार्यले धन्यबाद ज्ञापन गर्नुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु