शनिबार, साउन ३१, २०७७
ताजा मिशन मिडिया

पत्रकार खड्का हत्याको छानबिन गर्न महासङ्घको माग

काठमाडौ असार १७ ,  नेपाल पत्रकार महासङ्घले डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का हत्याको छानबिन गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले आज जारी विज्ञप्तिमा घटनाको अनुसन्धान र सत्यतथ्य छानबिन गरी पत्रकार खड्काका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ । महासङ्घले पेशागत कर्म निर्वाहमा हिँडेका पत्रकार खड्का एक्कासि बेपत्ता हुनु र १५ महिनापछि कङ्गालसँगै फेला परेका सामग्री लामो समयपछि पनि दुरूस्तै देखिनुले घटना रहस्यमय हुनसक्ने भएकोले छानबिन गर्न माग गरिएको उल्लख गरिएको छ।

पत्रकार खड्का बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा २०७५ भाद्र ९ गतेबाट सम्पर्कविहीन रहेको पछि २०७६ मङ्सिरमा झोलासँगै पर्स र कङ्काल भेटिएपछि नेपाल प्रहरीको केन्द्रीयविधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षण गर्दा सो कङ्काल पत्रकार खड्काको नै भएको प्रहरीले पुष्टि गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु