शनिबार, साउन ३१, २०७७
ताजा विचार

छुवाछुत प्रथा अन्त्यका लागि सामूहिक प्रयासको आवश्यकता

-भरतजंग उप्रेती-

काठमाडौं असार ३०

छुवा–छुत प्रथा भन्नाले मानिसले मानिसलाई गर्ने निकृष्ट दुव्र्यवहारको घृणित स्वरुप बुझिन्छ । यो प्रथा मानव जातिकै लागि अत्यन्तै लज्जास्पद प्रथा हो । नेपाली समाजबाट यो कलंक चाडो भन्दा चाडो हटाउनको लागि सवै सचेत नागरिकले सामूहिक प्रयास गरि हाल्नु पर्दछ । मान्छेले मान्छेलाई छुनु हुदैन भन्ने चलन वेदमा छैन । हिन्दुहरुको मुल ग्रन्थ वेदमा उल्लेख नभएका कुरा नेपाली समाजले कहिले र किन प्रचलनमा ल्यायो । केही टाठा–बाठाहरुले वेदको व्याख्या गर्ने भनेर उपनिषदहरु तयारगर्दा आफू  अनुकूल व्याख्या गरेर कुत्सित मनशायले यो प्रथालाई बलात प्रयोगमा ल्याएको हुनुपर्छ ।

उत्तर वैदिककालीन सामाजिक संरचना निर्माण कालमा बुद्धि र बलले प्रशस्तरुपले खेल्ने मौका पायो । बुद्धिले बललाई पनि बशमा पारेर शासनको जिम्मेवार सुम्पियो र वल भनेको शासक हुन भनेर द्वन्द व्यवस्थापन गर्यो  । राजकाज गर्ने तिमीहरु भयौ भनेर ‘बल’ लाई राजा बनाए । राजालाई पनि गुरु पुरोहितलाई झुक्न र मान्नु पर्ने बनाएर बुद्धिले बलमाथि पुनः आधिपत्य जमायो । बुद्धि र बल मिलेर अन्य शक्तिहरुलाई कजाउन थाले । यसरी आफूलाइ मालिक बनाएर अरु मानिसहरु आफ्नो इच्छा बमोजिम प्रयोग गर्ने अभियानमा छुवाछुत प्रथा जन्मिएको हुनु पर्छ ।

नेपालमा कानुनतः छुवाछुत प्रथा छैन । मुलुकी ऐनले यो प्रथा खारेज गरिदिएको छ । तैपनि यो प्रथाले नेपाली समाज अझै पनि ग्रस्त छ । छोइछिटो अझै गर्छन अझै कतिको घरमा दलितहरुलाई प्रवेश निषेध छ । यो प्रथाले नेपाली दलित युवा पुस्तालाई नराम्रोसंग घाइते बनाएको छ । मान्छे प्रति मान्छेले गर्ने यस्तो छुद्र व्यवहारले युवा दलितको मानसिक स्तरमा नराम्रो असर परिरहेको छ । यो छुवाछुत प्रथाको जरोकिलो उखेलेर फयाक्ने बलवान जमर्को हुनु आजको नेपाली समाजको महत्वपूर्ण ऐतिहासिक कार्य हुनेछ ।

नेपालको राजनीतिक इतिहासमा ंसंभवत पहिलो पटक यो आँट डा.प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नु भएको तत्कालीन एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी [राष्ट्रबादी]को २०७४ को आफ्नो चुनावी घोषणा पत्रमार्फत गर्नु भयो । यो एउटा प्रशंसनीय र क्रान्तिकारी प्रयास थियो । उक्त घोषणा पत्रमा उल्लेख गरिएको थियो – ‘सवै नेपाली नागरिकलाई स्वेच्छाले आफ्नो थर परिवर्तन गर्न चाहेमा त्यसलाई कानुनी मान्यता दिइनेछ’ [घोषणा पत्र पेज नं २३] आरक्षणको लालचमा डुवेका केही टाठा–बाठा दलितहरु पनि यो प्रथाको अन्त्य गर्ने कार्यको विरोधमा उत्रन सक्छन् । जातीय अहंकारको पक्षमा रहेका र संकिर्ण सोचाइका अल्पज्ञानीहरु पनि थर परिवर्तन गर्ने कानुनी प्रावधानको विरोधमा आवाज उठाउन सक्छन् ।

नयाँ पुस्ताका शिक्षित जमातले आदरणीय अग्रजहरुको सल्लाह र सहयोगमा यो कार्यलाई फत्ते गराउन पर्दछ यसोगर्न सकियो भने हाम्रो पुस्तालाई आगामि पुस्ताहरुले आदरपूर्वक सम्झनेछन् र यो एउटा युगीन उपलब्धि हुनेछ ।  थर परिवर्तनको प्रावधानले स्थापित धार्मिक मूल्य मान्यतालाई कुनै असर पर्दैन । केही थप कानुनी संशोधनहरु आवश्यक पर्न सक्छन् सरकारले एउटा आयोग गठन गरेर यस कार्यलाई व्यवस्थित गर्नु पर्दछ । यस क्षेत्रका विज्ञहरु, कानुनविद , राजनीतिक पार्टीका प्रतिनिधिहरुको साथै दलितहरुको पनि प्रतिनिधित्व हुनेगरी आयोग गठन गरी यस कार्यलाई अगाडि बढाउने जुन सुकै सरकारले यस शुभकार्यको श्रेय लिन सक्छ ।

अत्याचार मध्ये सवैभन्दा बढि विषालु अत्याचार ‘सामाजिक अत्याचार’ हो । भारतका महान विचारक डा.विआर। अंवेडकरका अनुसार ‘राजनीतिक अत्याचार सामाजिक अत्याचारको तुलनामा केही पनि होइन, सामाजिक खरावीहरुलाई अन्त्य गर्ने एक समाज सुधारक सरकार परिवर्तन गराउने एक राजनीतिज्ञ भन्दा धेरै साहसी हुन्छ ।’ सामाजिक कुरिति विरुद्ध विगुल फुक्ने  वेला आएको छ । हाम्रो इतिहास हामीले नै निर्माण गर्ने हो । हाम्रो समाज आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विकृतिहरुले ग्रस्त छ । यी रोगहरुको एक एक पहिचान गरी प्रभावकारी निदान खोज्ने काम आजको शिक्षित युवा पुस्ताको हो ।

देशभरका समस्त शिक्षित युवा पुस्तालाई एकतावद्धगरी व्यवस्थित तवरले नेपाली समाजमा आमूल परिवर्तन गर्नु पर्दछ । नयाँ विचार, नयाँ दृष्टिकोण र नयाँ तागत भएका असंख्य प्रतिभाहरु नेपालमा उपेक्षित छन् आफू भित्रको शक्तिलाई पहिचान गर्न नसकी अल्मलिएका शक्तिहरु संगठित र परिस्कृत गरी राष्ट्र निर्माणको महायज्ञमा होमिनु आजको सचेत पुस्ताको दायित्व हो ।

प्रस्तुत विचार  लेखकको नितान्त निजि विचार हो – स

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु