शुक्रबार, चैत्र १६, २०८०

NCDA को दास मनोवृति र डिक्टेटरशिप विधान विरुद्ध विरगञ्जका औषधि व्यवसायीवृत आन्दोलित

काठमाडौं असार ३ , मुलुकमा कोभिड संक्रणको उच्च् जोखिमका संगै जारी बन्दाबन्दीका कारण जनमानस प्रताडित भएजस्तै औषधि सम्वद्ध संस्था नेपाल औषधि व्यवसायी संघको डिक्टेटरशिप  विधानका कारण त्यहाँका स्थानीय औषधि व्यवसायी प्रताडित हुँदै आएको समाचार प्राप्त भएको छ ।

प्राप्त जानकारी अनुसार संघको पर्सा जिल्ला शाखा विरगञ्जको तर्फबाट मिति २०७७।०२।३१ मा चन ४६को पत्रमा महासचिव विश्वराज गौतमको हस्ताक्षरमा लेखिएको पत्रमा प्रष्ट रुपमा संघको विधानको व्यवस्था विपरित कामकारवाही गर्दै अन्य संघ संस्थामा आवद्ध रहेको भन्दै मेदान्ता फर्मास्टिुकल्स नामको औषधिको थोक विक्रेतासंग कुनै पनि व्यवसायीक कारोवार नर्गन उर्दि जारी गरिएसंगै संघको विधानमा रहेको दास मनोवृतिको खुलासा भएको हो

तर नेपाल सरकारको संघसंस्था दर्ता ऐन २०३४को अधिनमा रहेर दर्ता गरिएको विधानमा यस किसिमको व्यवस्था कुन परिच्छेदको कुन दफामा गरिएको छ, त्यो भने खुलाईएको छैन । यहाँसम्मकी व्यक्तिको वृति विकासका लागि विकल्प रोज्न पाउने अधिकार समेतको नियन्त्रण गर्ने कुनै संस्थाको विधानमा व्यवस्था हुन्छ भने त्यो व्यवस्था मुलुकको प्रचलित कानुन संग बाँझिएको अवस्थामा निर्वाद रुपमा बाँझिएको हदसम्म स्वतः निष्कृय हुने अवस्था विद्यमान रहन्छ ।

तर नेपाल औषधि व्यवसायी संघको जिल्ला शाखाको विधान मुलुकको प्रचलित कानुन भन्दा माथि रहेको आभाष दिलाउने गरि विधानको हवाला दिदै जारी गरिएको व्यवसायीलाइ निषेध गर्ने सकुर्लरले आज विरगञ्जका कुनै पनि तह र तप्काका  नयाँ  तरंग सिर्जना हुनुको अतिरिक्त आम औषधि व्यवसायीमा  संघको विधानले दास मनोवृतिको अंकुशमा लपेट्ने प्रयास गरेको र यस किसिमको प्रवृति स्वीकार्य नभएको भन्दै संघ विरुद्ध  संघको घर भित्रैकै सदस्य  भनिएका  व्यवयसायीले  समेत  आन्दोलनको मनस्थितीबनाएको  बुझिएको छ ।  

त्यस्तै संस्था भनेको व्यवसायीको हकाधिकारका लागि हो । तर नेपाल औषधि व्यवसायी संघको प्रस्तुत सकुर्लरले व्यवसायीको वृति विकास भन्दा पनि निषेध र सिण्डिकेटको अवधारणा लाड्न खोजेको देखिन्छ । यस विषयमा संघका महासचिव   गौतमलाइ सामाजीक सञ्जालमा   छरपष्ट भएको संघको सकुर्लरको सवालमा हामीले  टेलिफोन सम्पर्क गर्दै  सकुर्लर प्रकरणको जानकारी माग गर्दा उहाँले भने केहि समय यता विरगञ्जमा थोक व्यवसायीको नयाँ संस्था अस्तित्वमा आउने चर्चा सुनिएसंगै आफु पनि थोक व्यवसायीकै हैसियतमा औषधि व्यवसायी संघमा प्रतिनिधीत्व गर्दैआरहेका कारण चिन्ता र चासो हुनु स्वभाविकै हो ।

त्यसअर्थमा संघमा आवद्ध थोक व्यवसायी संग पटक-पटकको छलफल पछि करिव करिव समस्या समाधान उन्मुख रहेको अवस्थामा थोक व्यवसायी समेत रहेका मेदान्ता फर्मास्टिुकल्सका सञ्चालक रोशन गुप्ता जो हाम्रो संघको सदस्य पनि नरहेको अवस्था समेतलाइ दृष्टिगत गर्दै सदस्यता ग्रहण एवम् सहकार्य गर्न आग्रहका लागि वोलाईएको छलफलमा नआइसेपछि  संघ आवद्ध अन्य व्यवसायीको भविष्यमा हुन सक्ने कुनै पनि लगानीको जोखिमलाइ न्यूनिकरण गर्नका लागि प्रस्तुत सकुर्लर गरिएको बताए ।

 

यस्तो छ संघको निषेध र सिण्डिकेटको अवधारणा वोकेका विधानत व्यवस्था भएके पत्रको सकुर्लर:

त्यसलगत्तै संघको विधाननमा यस्तो सकुर्लर जारी गर्न सक्ने व्यवस्था रहेका हो भन्ने हाम्रो प्रश्नमा महासचिव गौतमले अलमलिदै विधान होइन नियम भन्न सम्म भन्न भ्याए । तर पनि पत्रमा विधान भन्ने कोड भएको अवस्थालाइ हेर्ने हो भने उहाँको भनाइ र व्यवाहार आफै बाँझिएको अवस्था छ ।
त्यस्तै विरगञ्जमा औषधि व्यवसायीको  अन्य कुनै संस्था अस्त्विमा नआओस औषधि व्यवसायी संघको मात्र वोलवाला कायम राख्नका लागि  अख्तियार गर्दै आएको बदनियत हर्कका कारण आज व्यवसायीको नजरम संघको गरिमा दिननुदिन खस्किनुको अलावा व्यवसायीहरु वैकल्पिक मार्ग रोज्न बाध्य भएको आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक औषधि व्यवसायीले बताउदै यो लगानी जोखिम रोक्न होइन संघको दासत्व  स्वीकार गर्न रचिएको परिपञ्च भएको बताए ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।