शुक्रबार, चैत्र १६, २०८०

सर्वोच्चले भन्यो -आइसोलेसनमा रहेका बिरामीलाई पीसीआर परीक्षण पछिमात्र घर पठाउनु

काठमाडौं असार ९ , सर्वोच्च अदालतका न्यायाधीशद्दय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्ताङको इजलासले कोभिड संक्रमणका काण आइसोलेसन रहेका बिरामीलाई पीसीआर परीक्षण गराएर मात्र घर पठाउन आदेश दिएको छ ।

अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सोवार जारी आदेशको पूर्णपाठ आज जारी गर्दै सर्वोच्चले आइसोलेसनमा रहेका बिरामीहरूको संख्या र सरकारका परीक्षणको क्षमता आफैमा वेमेल भएको जनाउ सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड परीक्षणको विषयमा २०७७ जेठ २२ गतेको निर्णय अनुसार ल्याएको कोरोना परीक्षण सम्बन्धि निर्देशिका कार्यान्वयन नगर्न समेत आदेशमा जिकिर भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

मन्त्रालयद्दारा जारी निर्देशिकामा आइसोलेसनमा रहेका बिरामीलाई लक्षण नदेखिए १४ दिनमा घर पठाउने व्यवस्था गरिएको थियो । सर्वोच्चको आदेशसँगै अब सरकारले आइसोलेसनमा रहेका बिरामीलाई पीसीआर परीक्षण नगराई घर पठाउन नपाउने भएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।