शुक्रबार, बैशाख ७, २०८१

सवारी पासको दुरुपरोग गरी यात्रु ओसारपसार गर्ने बस चालकद्दय पक्राउ पक्राउ

काठमाडौं असार ९ , सवारी साधन र सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगा प्रहरी टोलीले जना सवारी चालकलाई मंगलबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख २२८५ नम्बरको बसका ३७ वर्षीय चालक सूर्य किरण कर्मचार्य र कैलालीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १३४० नम्बरको बसका चालक लोक बहादुर खत्री रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चालकमध्ये कर्मचार्यले भारतबाट आएका नेपालीहरूलाई विभिन्न जिल्लामा पुर्‍याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बोकी नेपाल भारत रुपेडिया नाकाबाट ३ जना यात्रु तथा नेपालगन्जबाट ४ जना यात्रु गरी ७ जना यात्रुहरु लिई आएको तथा यात्रुबाट २१ हजार रुपैयाँ असुल गरेको त्यस्तै खत्रीले उद्योग, बाणिज्य तथा आपुर्ति विकास मन्त्रालय काठमाडौंबाट कृषि तथा पशुपन्क्षीजन्य कार्य गर्न जारी भएको पास बोकी कैलालीबाट १२ जना यात्रुबाट १८ हजार रुपैयाँ भाडा असुल गरि लिई आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

त्यस्त्ै पक्राउ परेका चालकद्दयलाइ कोभिड १९ रोकथामको लागि सरकारले जारी गरेको  कानुनी व्यवस्थाको उल्लङघन गरेको ठहर सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु