बिहिबार, बैशाख १३, २०८१

विश्वभर कोभिड- १९ संक्रमितको सख्या ९० लाख ५५ हजार नाघ्यो

काठमाडौं असार ८ , विश्वव्यवापी महामारी रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट विश्वभर संक्रमित हुनेको सख्या ९० लाख ५५ हजार नाघेको छ भने ४ लाख ७० हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । यसवीचमा सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २३ लाख ५६ हजार नाघेको छ भने १ लाख २२ हजार २ सयभन्दा बढीले मृत्यु वरण गरिसकेका छन ।

त्यस्तै ब्राजिलमा पनि संक्रमितको संख्या १० लाख ८६ हजार नाघेको छ भने ५० हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । एवम् रितले रुस मा पनि संक्रमितको संख्या ५ लाख ८४ हजार नाघेको छ त्यस्तै ८ हजार १ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै भारतमा संक्रमितको संख्या ४ लाख २६ हजार नाघेको छ भने १३ हजार ७ सयभन्दा बढीले ज्यान गुमाइसकेको समाचार अन्तराष्टिय सञ्चारमाध्यहरुले जनाएके ट । ती सञ्चारमाध्यमका अनुसार पछिल्लो समय बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घट्दो अवस्थमा रहेको जनाएको छ । साथै पछिल्लो डाटा अनुसार  विश्वभर संक्रमितमध्ये ५० प्रतिशत अर्थात ४७ लाख ९७ हजार भन्दाबढि संक्रमित उपचार पछि डिस्चार्ज भएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।