बिहिबार, बैशाख १३, २०८१

विश्वका कोभिड संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी उपचारपछि डिस्चार्ज

काठमाडौं असार ५, विश्वभर कोभिडि संक्रमितको संख्या ८५ लाख ७७ हजार नाघेको छ भने संक्रमणकै कारण मृत्यु वरण गर्ने को सख्या ४ लाख ५६ हजार २ सयभन्दा बढी पुगेको छ ।  विश्वमा संक्रमितसख्या ८५ लाख ७७ हजार पुग्दै गर्दा यसमध्ये ५० प्रतिशत अर्थात ४४ लाख भन्दा बढी उपचारपछि डिस्चार्ज भएको आकंडा पाइन्छ ।

यद्यपी विश्वको कोभिड संक्रमितको आकंडा हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २२ लाख ६२ हजार पुगेको छ । त्यस्तै मृत्यु हनेको सख्या १ लाख २० हजार ६ नाघेको छ । त्यस्तै अमेरिकापछि ब्राजिलमा पनि संक्रमितको संख्या ९ लाख ८३ हजार नाघेको छ भने ४७ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै रुसमा पनि संक्रमितको संख्या ५ लाख नाघेको छ भने ७ हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । एसियाली मुलुक भारतमा संक्रमितको संख्या ३ लाख ६८ हजार नाघेको छ । त्यहाँ १२ हजार ३ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।