शनिबार, बैशाख ८, २०८१

थप २५० मा कोभिड पुष्टि , १८७ जना उपचारपछि डिस्चार्ज

काठमाडौं जेठ २९,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएका परीक्षणको क्रममा २ सय ३० जना र पुरुष २० जना महिला गरि २ सय ५० जना नयाँ  कोभिड संक्रमित थपिएसँगै मुलुकमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेशवर गौतमले आजको मिडिया व्रिफिङ्गमा जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले प्रादेशिक विवरणअनुसार प्रदेश नं १ मा १३ जिल्लाका ३०७, प्रदेश नं २ मा ८ जिल्लाका १ हजार ६७१, बाग्मती प्रदेशका १२ जिल्लाका १४७ र गण्डकी प्रदेशका ९ जिल्लाका १४७ त्यस्तैगरि प्रदेश नं ५ का १२ जिल्लाका १ हजार ३९९, कर्णाली प्रदेशका ९ जिल्लाका ७५९ र सुदूरपश्चिम प्रदेशका ९ जिल्ला गरी १९२ जनामा कोभिड पुष्टि भएको जनाएको छ ।

त्यस्तै पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० र आरडिटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण भएका छन् । गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा नमुना परीक्षणगरिएको बताउदै उहाँले संक्रमितहरुमध्ये ८६१ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको र अझै देशभरी ३ हजार ७ सय ३८ जना आइसोलेसनमा उपचाररत रहेका छन् भने १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेको बताउनुभएको छ । संक्रमणकै कारण १५ जनाले मृत्यु वरण गरेका छन ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।