शनिबार, बैशाख ८, २०८१

चक्रवात ‘निसर्गको प्रभाव: आगामी ३ दिन देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं जेठ २२ ,जल तथा मौसम पूर्वानुमान शाखाले चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी ३ दिन देशभर बदलीसँगै वर्षाको सम्भावना औल्याएको छ ।

अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवात भारतमा बुधबारदेखि प्रवेश गरेको यसको प्रभाव अमपुनको तुलनामा नेपालमा बढी देखिने बताउदै महाशाखाले काठमाडौं उपत्यका सहित देशैभर चक्रवातको असर आज समान्य देखिएपनि शुक्रबार र शनिबार बढी पर्ने देखिने जनाएको छ ।

साथै उक्त चक्रवातका कारण आज उपत्यका सहित  मुलुकको मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानमा देखिएको र यसकैको कारण बदली रही केही ठाउँमा हल्लका वा मध्यम वर्षा समेत भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।