शनिबार, बैशाख ८, २०८१

मेलम्चीको सुरुङ परीक्षण हुँदै: आगामी आवको सुरुमै काठमाडौ उपत्यकामा पानी वितरण हुने

काठमाडौ १९ जेठ , मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारीसंगै हेडवक्र्सको काम भने भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । छ ।

समितिका अनुसार हेडवक्र्सको सम्झौता अवधि अझै आठ महिना बाँकी छ । कोरोना भाइरसका कारण भइरहेको बन्दाबन्दीमा आयोजना प्रभावित भए पनि काम नरोकिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

प्रवक्ता पन्तका अनुसार निर्माण सम्झौता अवधिभित्रै काम सम्पन्न हुने र सरकारले आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट मार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गर्दै आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।