बिहिबार, बैशाख १३, २०८१

३ लाख घुस लिने वडाध्यक्षविरुद्ध मुद्धा दायर

काठमाडौं असार १०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ का वडाध्यक्ष देवेन्द्र पुनविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा वडाध्यक्ष पुनले काठ लिलाम तथा निकासी गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ३ लाख घुस लिदै गर्दा आयोगको बुटवल टोलीले वडाध्यक्ष पुनलाई घुस रकमसहित नियन्त्रणमा लिएको उल्लेख गरिएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।