बिहिबार, बैशाख १३, २०८१

१९ वडा पदाधिकारी र मञ्चवीच संस्थागत भेटवार्ता

काठमाडौं जेठ २९, काठमाडौं महानगरपालिका वडा न .१९ मा सिङ्गो वडाको सामारिक गरिमालाइ थप प्रभावकारी बनाउने लक्ष्य सहित अस्तित्वमा आएको १९ वडा सरोकार मञ्चको प्रतिनिधि मण्डलले आज औपचारिक रुपमा वडा न १९ का जननिर्वाचित पदाधिकारीसंग वडाको समसामायिक विषयवस्तु केन्द्रीत हुँदै विशेष छलफल गरेको छ ।

वडाध्यक्ष शशिलाल श्रेष्ठले मञ्चका पदाधिकारीलाइ स्वागत गर्दै संस्थागत सफलताको कामनाबाट शुभारम्भ भएको छलफलको क्रममा काठमाडौं महानगरका ३२ वडा मध्ये वडा न.१९ मा रहेको मौलिकताको संरक्षण सहित यहाँको भौतिक पूर्वाधार लगायत यावत विषयमा अपनत्वको भाव सिर्जना गर्दै हाम्रो वडा राम्रो वडा बनाउने विषय केन्द्रीत  छलफललाइ विषेश प्रथामिकता दिइएको थियो ।  

वडा सदस्यत्रय मधुसुदन प्रधान ,चन्द्रमान डंगोल र रन्जिता परियार र वडा सचिव कमल गौतम समेतको उपस्थिती रहेको छलफलमा वडाको चालु आवको कामकारवाही र भावीका योजनाको पहिचान देखि जुनसुकै कारणले अवरुद्ध भएको विकास निर्माणको कामकारवाहीलाइ सुचारु गर्ने सवालमा समेत छलफल गर्दै सहकार्य सद्भाव मात्र नभइ एकै सिक्काका दुइ पाटाको प्रारुपमा वडा समिति र मञ्चवीच सहकार्य गर्दै वडाको समुन्नत विकासमा लागि पर्दै जनवृतमा सुशासनको प्रत्याभूत गराउनुको विकल्प नभएको ठहर गरिएको थियो ।

छलफलको  क्रममा मञ्चको तर्फबाट संयोजक सुमन खड्गी, उपाध्यक्ष निरन शाही , सचिव हिमाल डंगोल सहसचिव गोविन्द श्रेष्ठ,कोषाध्यक्ष एलिना शाही सदस्यद्दय कपिल महर्जन र सुनिल डंगोलको   उपस्थिती रहेको थियो । त्यस अवसरमा मञ्चका सल्लाहकारद्दय मनोज नेवा खड्गी र श्रीजन झाले पनि वडा विकासका लागि आ-आफ्नो दृष्टिकोण अभिव्यक्त गर्दै सहकार्यको नयाँ अध्याय शुभारम्भका लागि पहलकद्मी लिन आवश्यक रहेको बताउनु भएको थियो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।